
काठमाडौं । धादिङमा कोभिड(१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । यद्यपि उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
धादिङको निलकण्ठ नगरपालिका–६ का ७८ वर्षीय वृद्धको खोप लगाएको झण्डै पौने तीन घण्टा पछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका स्वास्थ्य प्रमुख डा। भुवन पौडेलले जानकारी दिए ।
डा। पौडेलले भने, ‘सुनौला बजार स्वास्थ्य केन्द्रमा उहाँले आज विहान साढे ११ बजे तिर खोप लगाउनु भएको रहेछ । आधा घण्टा जति खोप केन्द्रमा आराम गरेपछि घर जानु भएको रहेछ । तर त्यसको झण्डै एकघण्टा पछि उहाँ बेहोस जस्तो हुनुभएपछि फेरि स्वास्थ्य केन्द्रमा परिवारका सदस्यले ल्याएका रहेछन् ।’
स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल धादिङ ल्याएकोमा उपचारका क्रममा २ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको डा। पौडेलले बताए ।
डा। पौडेलका अनुसार स्वास्थ्य केन्द्र नजिकै घर रहेका वृद्ध क्रोनिक डाइबेटिजका बिरामी थिए । परिवारका सदस्यका अनुसार एक पटक मात्रै लगाए हुने जे एण्ड जे खोप लगाउन उनले अरु खोप लगाएका थिएनन् । वृद्धको मृत्यु के कारणले भयो भन्नेबारे केही नखुलेको डा। पौडेल बताए ।
वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयलगायत अन्य सम्बन्धित ठाउँमा रिपोर्ट दिने काम भइसकेको उनले बताए ।
धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले खोप लगाएका एक वृद्धको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी आफूले पाएको बताए । अन्य विषयमा बुझ्ने काम भइरहेको उनको भनाइ छ ।
यसैबिच
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने १६७८ जना निको भएका छन् ।
शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । तीमध्ये ९ हजार ६७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१०, झापामा ३०१, चितवनमा १८६, कास्कीमा १७६, ललितपुरमा १३४ र सुनसरीमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङमा ९५, भक्तपुरमा ६९, नवलपरासी पूर्वमा ६६, मकवानपुरमा ४२, रुपन्देहीमा ३४, नुवाकोटमा ३३, गोरखामा ३०, दाङमा २९, बागलुङमा २६ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटा र म्याग्दीमा १६र१६ जना, इलाममा १३, काभ्रेपलाञ्चोमा १२, रामेछाप र तनहुँमा ११र११ जना र धादिङमा १० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।