काठमाडौं– ड्युटीमा खटिएका प्रहरी निरीक्षक इन्स्पेक्टर लाई धम्की दिने प्रदेश सांसद गण्डकी प्रदेश सरकारमा मन्त्री बनेका छन्।

डयुटीमा रहेका कास्की प्रहरीका इन्सपेक्टर श्याम थापा मगरलाई धम्की दिने नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठ मन्त्री बनेका हुन्।

उनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनी स्याङ्जाबाट समानुपातिक सांसद बनेका हुन्। जेठ २९ मा उनले प्रहरीसँग अभद्र व्यवहार गर्दा विवादित बनेका थिए। सांसद श्रेष्ठसहित एक हुल मानिस जेठ २९ गते नवनिर्वाचित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेट्न मुख्यमन्त्री कार्यालय जाँदै थिए। सोही क्रममा इन्स्पेक्टर थापा मगरको टोलीले निषेधाज्ञामा भिड गरेर हिँड्न नमिल्ने, सांसद बाहेक अन्यलाई अत्यावश्यक काम बाहेक हिँडडुलमा रोक लगाइएकाले हिँड्न नमिल्ने भन्दै रोकेको थियो।  इन्स्पेक्टर थापा मगरले सांसदसहितको टोलीलाई रोकेपछि सांसद श्रेष्ठले प्रहरीलाई धम्की दिएका थिए। सांसद श्रेष्ठले ‘नाम के हो हिसाब किताब हुन्छ’ भन्दै ड्युटीका इन्स्पेक्टरमाथि धम्की दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय