काठमाडौं- बलिउडमा पुनः ड्रग्स केसले चर्चा पाएको छ । बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन अहिले ड्रग्स केसमा फसेका छन् ।

उनलाई एनसीबीले लगातारको सोधपुछपछि पक्राउ गरेको छ । अनुसन्धानमा आर्यनसँग ड्रग पेडलर्सहरूसँग कनेक्सन रहेको पाइएको एनसीबीले जनाएको छ ।

 मुम्बईबाट गोवा गइरहेको लग्जरी क्रुजमा ड्रग्स पार्टी भइरहेको थियो । पार्टीमा आर्यन पनि रहेको जनाइएको छ । एनसीबीले पार्टी चलिरहेको क्रुजमा छापामार्दा आर्यनलाई गिरफ्तार गरेर अनुसन्धान गरिहरहेको टाइम्स अफ इन्डियाले लेखेको छ । पार्टीमा संलग्न अन्य ९ जनालाई एनसीबीले पक्राउ गरिसकेको छ, त्यसमध्य तीन जना केटि रहेको बुझिएको छ ।

एनसीबी मुम्बईका जोनल डाइरेक्टर समीर वानखेडेले आर्यनमाथि अनुसन्धान भइरहेको जानकारी दिएको जनाइएको छ। अहिले एनसीबीको टिमले आर्यनको मोबाइल फोन बरामद गरेको छ । यस्तै, उसले मोबाइलमा गरेको विभिन्न च्याटमाथि अनुसन्धान भैरहेको जनाइएको छ । पार्टीका सञ्चालकलाई एनसीबीले सोधपुछ गर्न बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय