
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधवकुमार नेपालले पार्टीमा छँदा तमासा गरेको आरोप लगाएका छन् ।एमालेको पहिलो विधान महाधिवेशनमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेकपा र एमाले विभाजन हुनुअघि प्रचण्ड र माधव नेपालको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।
के बिग्रिएको थियो र तमासा गर्नुपरेको रुु ओलीले भने, कहिले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्यो भन्या छ । कहिले अध्यक्षले राजीनामा गर्नुपर्छ भन्या छ, किन राजीनामा गर्नुपर्यो थाहा छैन ।
उनले बिग्रिएमा मान्छेहरूले पार्टी छाडेर गएको टिप्पणी गरे ।
हाम्रो पार्टीका बिग्रिएका मान्छे ती हुन्, जो छाडेर गए । सप्रिएकाहरू मात्र यहाँ छन् भन्न अरू कुनै प्रमाण चाहिन्छ र ओलीले प्रश्न गरे ।
ओलीले नेकपाका तत्कालीन अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावका सम्बन्धमा समेत आपत्ति जनाए ।
केही स्वार्थी, केही ईर्ष्यालु र केही डाह गर्ने प्रवृत्तिका मान्छेले हामीले उचाइमा पुर्याइसकेको आन्दोलनलाई भत्काउने प्रयास गरे । १९ पृष्ठ लामो आरोपको पुलिन्दा जारी गरियो, त्यसका कुनै सत्यता थिएन ओलीले भने ।