काठमाडौँ — नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको शनिबार २ सय ५० दिन पुग्दा पूर्ण खोप लगाउने जनसंख्या करिब २१ प्रतिशत पुगेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ दक्षिणपूर्व एसिया कार्यालयका अनुसार नेपालको कुल जनसंख्याको २०।९५ प्रतिशतले पूर्ण खोप लगाएका हुन् । भारतमा भने पूर्ण खोप लगाउने कुल जनसंख्याको १६।८९ प्रतिशत मात्र छन् ।

गत साउन अन्तिम साता नेपालमा पूर्ण खोप लगाउनेको संख्या भारतकै हाराहारीमा पुगेको थियो । भदौ पहिलो सातादेखि नेपालले खोप लगाउनेको संख्या बढेको छ । पूर्ण खोप लगाउनेमा भारतभन्दा नेपाल अगाडि रहे पनि पहिलो डोज खोप लगाउने कुल जनसंख्याको २५।२७ प्रतिशत मात्र छन् ।जबकि भारतमा यो प्रतिशत ४५।७६ छ । नेपालमा खोप लगाउन मिल्ने ७२ प्रतिशत जनसंख्याको लक्षित समूहमध्ये ३५।४ प्रतिशत अर्थात् ७६ लाख ९४ हजार ६ सय ९ जनाले पहिलो र २९।२ प्रतिशत अर्थात् ६३ लाख ४८ हजार २ सय ७९ जनाले पूर्ण डोज खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार शनिबारसम्म १ करोड ४० लाख ४२ हजार ८ सय ८८ डोज खोप १८ वर्षमाथिका जनसंख्याका लागि सुरक्षित व्यवस्थापन गरिएको छ । पछिल्लो २४ घण्टामा ८३ हजार ३ सय ७३ जनाले खोप लगाएका छन् । ‘खोप लगाउने पूर्वनिर्धारित लक्ष्य समयमै झन्डै पूरा भएको छ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय