काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको बताएका छन् नेकपा एमालेको पहिलो विधान महाधिवेशनको उद्घाटन शत्रलाई शुक्रवार गोदावरीस्थित सनराइज सभा हलमा सम्बोधन गर्दै ओलीले मुलुकको भविष्य नै जोखिममा पार्ने काम भएको आरोप लगाए ।

नेकपा एमालेविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको छ । मुलुकको भविष्य जोखिममा परेको छ । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालई परास्त गर्दै समाज निर्माण गर्ने जिम्मा हामीमाथि छ, ओलीले भने ।

केही नेता संगठनात्मक अराजकता र फूटलाई प्रश्रय दिँदै पार्टीबाट बाहिरिए पनि एमाले नेकपाकै निरन्तरता भएको ओलीले जिकिर गरे ।

सीमित व्यक्तिको निहीत स्वार्थका कारण ९एमाले र माओवादीको० एकता निष्कर्षमा पुगेन । सर्वोच्चको फैसलाले नै पूर्ववत अवस्थामा पुर्‍याइदिएपछि एमालेका रूपमा क्रियाशील भएका छौं,ओलीले भने, एमाले नेकपाको निरन्तरता सहितको सकारात्मक विरासत बोकेको पार्टी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु