काठमाडौं–प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।
कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य रु।२१० रुपैयाँ तोकी २ लाख २ हजार १८६ रुपैयाँ कित्ता शेयरको बोलपत्र खुला गरेको छ ।
शेयर खरिदको लागी आगामी साउन १५ गतेदेखि आगामी साउन २९ गते अपरान्ह १ः३० बजे सम्म आवेदन पेश गर्न सकिने छ ।
आवेदन बिक्री प्रबन्धक रहेको एनएमबि क्यापिटल लिमिटेड काठमाडौंमा पेश गर्न सकिने कम्पनीले जनाएको छ ।