
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नफेर्ने हो भने चुनाव लड्नै नसक्ने अवस्था आउने बताएका छन् ।अनेरास्ववियू क्रान्तिकारीको सम्मेलनलाई बिहीवार सम्बोधन गर्दै प्रचण्डले चुनाव जित्नको लागि करोडौं खर्च गर्नुपर्ने अवस्था आएकाले त्यसलाई बदल्नुपर्ने बताए । माओवादी केन्द्रभित्र उठेको नेतृत्वको बहसका सन्दर्भमा प्रचण्डले उत्कृष्ट विचार र कार्यक्रम लिएर आए आफू उत्तराधिकारी घोषणा गरेर ठाउँ छाड्न तयार भएको बताए ।
सम्बोधनमा उनले भने, ‘लाखौं जनतालाई सडकमा ल्याएर भए पनि यो निर्वाचन प्रणाली खारेज गराएर पूर्ण समानुपातिक प्रणालीको व्यवस्था गर्नुपर्छ । पुँजीपतिहरू मात्रै चुनाव लड्न सक्ने जनताका प्रतिनिधि चुनाव लड्न नसक्ने यो प्रणाली बदल्नुपर्छ ।’
चुनावमा हुने खर्च सम्झेर सबैको हालत खराब भएको उनले बताए । ‘हामी सबैको हालत खराब भइसक्यो । अध्यक्षको त झन् सात्तै जाने भइसक्यो । सबैले अध्यक्षबाट पैसा माग्ने हुन्, अध्यक्षलाई दिने चाहिँ हरायो । हेडक्वाटरमा लानुपर्छ भन्ने छैन, माग्नुपर्छ भन्ने छ,’ प्रचण्डले भने ।
चुनावमा हुने खर्चको विवरण देखाउँदै उनले भने, ‘अब त गाउँपालिकामा लड्नको लागि पनि ४०–५० लाख चाहिने अवस्था भइसक्यो । प्रदेशमा लड्न त २–४ करोड चाहिने, केन्द्रमा चुनाव लड्न ५–१० करोडभन्दा बढी चाहिने भएपछि हामी चुनाव लड्न सक्छौं रु लड्ने नै हो भने दलाल पुँजीपतिकोमा जाने र लौ न अलिकति सहयोग चाहियो भन्नुपर्यो । दलाल पुँजीपतिसँग मागेर २–४ पैसा बाँडेर पनि चुनाव जित्छौं त अब रु’
सम्मेलनमा केही विद्यार्थी नेताहरूले माओवादी केन्द्र संसदीय दलदलमा फसेको भनेर नेतृत्वको आलोचना गरेका थिए । त्यसमा जवाफमा प्रचण्डले भने, ‘हामी संसदीय दलदलमा होइन, संसद भित्रपट्टिबाट संघर्ष गरेर समाजवादतिर लैजान खोजेको हो । केहीले त आलोचना पनि गर्नुभयो । आलोचना गर्नेहरू के गर्दै हुनुहुन्छ रु आफ्नो अनुहार ऐनामा हेर्नुभएको छ
दलाल पुँजीपति र नोकरशाहीको पैसा मात्रै बिक्ने ठाउँमा आन्दोलन गरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहियो भनेर जनतालाई आन्दोलनमा ल्याउनुपर्ने प्रचण्डको भनाई थियो ।
आफू समाजवादी क्रान्तिको लागि हामफालेको र विद्यार्थी नेताहरूलाई पनि त्यसको लागि तयारी गर्न उनले निर्देशन दिए । माओवादी केन्द्रभित्र उठेको नेतृत्वको बहसका सन्दर्भमा प्रचण्डले उत्कृष्ट विचार र कार्यक्रम लिएर आए आफू उत्तराधिकारी घोषणा गरेर ठाउँ छाड्न तयार भएको बताए ।
‘तपाईंहरू विचार, राजनीतिक कार्यक्रम योजनासहित आउनुस्, तपाईंको विचार पास भयो भने उत्तराधिकारी घोषणा गरेर छाडिदिन्छु तर माओले जस्तो पहिल्यै उत्तराधिकारी घोषणा गर्ने गल्ती चाहिँ म गर्दिनँ ।’