काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारले लोकतन्त्रलाई कमजोर पार्नसक्ने भन्दै आफू चिन्तित भएको तर्क गरेका छन् । अध्यक्ष ओलीले सरकारले बजेटमार्फत कालो धनलाई सेता बनाउन खोजेको भन्दै आपत्ति जनाए ।

मंगलबार राजधानीमा सञ्चारकर्मीहरुसँगको छलफलमा ओलीले सरकारको सो निर्णयले नेपालमा विपत्ति ल्याउने दावी गरे । तर आफ्नो पार्टीले कालो धनलाई सेतो बनाउने सरकारको प्रयासलाई सफल हुन नदिने अध्यक्ष ओलीले स्पष्ट पारे ।

अध्यक्ष ओलीले एमसीसीबारे सरकारको धारणा पुनः माग गरे । उनले एमसीसीबारे सम्झाउन सरकारलाई अमेरिकी अधिकारीहरुनै नेपाल आउनुपर्ने हो र भनि प्रश्न समेत गरे । अध्यक्ष ओलीले सरकारको धारणा नआई आफूहरुले सो बारे धारणा बनाउन नमिल्ने अडान पनि दोहोर्याए ।

अध्यक्ष ओलीले मुलुक अव निर्वाचनमा जानुको विकल्प नरहेको समेत बताए । संसदले कामै गर्न नसकेको अवस्थामा मुलुक अर्ली निर्वाचनमा जानुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय