
काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ । गोलो स्क्रिन भएको यो स्मार्टवाच ३।३ सेमिको ठूलो रङ्गिन टचस्क्रिनसहित आएको छ ।
कम्पनीका अनुसार यो स्मार्टवाचले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्ने कम्पनीले जनाएको छ । सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायक ट्रेन्ड सेटिङ्ग स्मार्टवाचको रुपमा यसले आफ्नो उपस्थिति जनाएको कम्पनीको दाबी छ ।
यो स्मार्टवाच ३६०ह३६० पिक्सेल ९२७८ पीपीआई० उच्च रेजोलुसनका साथ उपलब्ध छ, जुन भरपर्दो हुनुका साथै जीवन्त दृश्यप्रदायक रहेको कम्पनीको भनाइ छ । रियलमी वाच ‘एस’ ले पाँच तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्छ ।
स्मार्टवाचको बडी ‘६०६३ अल्मुनियम अलोय’ बाट बनेको छ, जसले गर्दा घडी बढी मजबुत र कम तौलको रहेको छ । यसको स्ट्राप ९पेटी० उच्चस्तरको तरल सिलिकोनले बनेको छ, जुन टिकाउ र नरम छ ।
यसले १६ स्पोर्टस मोड सपोर्ट गर्छ, जसबाट ब्लड–अक्सिजन मूल्यांकन, सक्रियता क्षमता परीक्षण, दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढंगमा जानकारी लिन सकिने जनाइएको छ ।
त्यस्तै रियलमी वाच ‘एस’ बाटै स्वचालित रुपमा तपाईंको फोन अनलक गर्न सकिन्छ, जुन छिटो र सुविधासम्पन्न रहेको कम्पनीको भनाइ छ । मानिसहरुले आजकल मास्क लगाउनुपर्ने कारणले हालको समयको लागि यो सुविधासम्पन्न छ ।
संगीत सुन्न अथवा फोनको क्यामेरा अन रिमोट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ । यसैगरी स्मार्टवाचमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधा यसले दिएको छ ।
नयाँ ओटीए अपडेटका कारण यो घडीलाई अन्य एआईओटी उपकरणसँग टाढैबाट लिंक गर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेट गर्न सकिन्छ ।
नेपाली बजारमा यसको मूल्य रु। ९,९९९ निर्धारण गरिएको छ ।