काठमाडौं । अझै दुई दिनसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने भएको छ । सत्ता गठबन्धनका दलहरूले आन्तरिक तयारी नसकेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै केही दिन लाग्ने भएको हो ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भए पनि दलहरूले सरकारमा जाने मन्त्रीहरूको टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् गठनमा ढिलाइ हुने देखिएको छ । सत्ता गठबन्धनको दल नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीका आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन दुई दिन जति लाग्ने बताए ।

सत्तारुढ अर्को दल जनता समाजवादीका नेता मोहम्मद इश्तियाक राईले पनि पार्टीको आन्तरिक तयारी नसकिएकाले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लाग्न दुई/तीन दिन लाग्ने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको साढे दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । जसपाले दल विभाजनमा सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा जाने मन्त्रीको टुंगो नलगाउने अडान राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय