
काठमाडौं- यस वर्षको बडादशैं, दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षा प्रविधि र उपकरणको अधिकतम प्रयोग गरिने भएको छ ।
महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले उपत्यकामा हुनसक्ने विभिन्न प्रकृतिका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिमप्राप्त प्रहरी कुकुर, सीसी क्यामरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडर गनलगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने बताए । गोरखापत्रमा खबर छ ।