
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आर्थिक नीतिबारे व्याख्या गर्दै दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नेतिर आफ्नो पार्टीको विशेष ध्यान रहने बताउनु भएको छ ।
विभिन्न दस्तावेजमाथिको छलफलपछि आज केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई जवाफ दिने क्रममा ओलीले दलाल पुँजीलाई हतोत्साहित गर्ने आफ्नो पार्टीको नीति रहेको बताउनु भएको हो ।
उहाँले देशको उत्पादन निर्यात बृद्धि गर्नतर्फ लाग्नुपर्ने भन्दै आत्मनिर्भरताका लागि प्रयास गर्ने बताउनु भएको छ । यस्तै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुलाई के एजेण्डा लिएर चुनावमा जाने भन्ने अवस्था नभएको बताउनु भएको छ ।
बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारबाट धेरैले सिक्नुपर्ने गरी सरकारले काम गरेको बताउनु भएको हो ।