काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई एमालेका नेताहरूप्रति गालीगलौच नगर्न आग्रह गर्नुभएको छ । हेटौंडामा आयोजित कार्यक्रममा नेपालले एमालेका नेताहरूले जस्तै गाली गरेमा उनीहरू र आफूहरूमा फरक नदेखिने बताउनु भएको हो ।

हेटौँडामा आज पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भन्नुभयोे, ’हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् । एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको भनाइ थियो ।

एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने नेपालको भनाइ थियो । उनले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वान गरेका थिए ।ओलीले जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उनलाई विदा गर्नुपर्छ भन्ने योजनामा आफूहरू लागेको नेपालको भनाइ थियो ।

२०७१ सालमा नै गलत व्यक्ति र तरिकाले एमाले अगाडि बढिरहेको भन्दाखेरि त्यस्तो भन्नेलाई शत्रु ठानेको नेपालले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी गठनका क्रममा आफूलाई जानकारी नभएको र पुष्पकमल दाहालसँग गोप्य सहमति गरेर ओली अगाडि बढेको नेपालको भनाइ थियो । दुवै जनाले प्रधानमन्त्री र पार्टी अध्यक्ष आधा–आधा कार्यकाल बाँड्ने सहमति गरेको तर त्यो सहमति ओलीले उल्लंघन गरी कागजमै सीमित राखेको नेपालको भनाइ थियो ।

प्रधानमन्त्री जोखिममा छ भन्ने लागेपछि प्रतिनिधिसभा विघटन गर्नुभयो,’ ओलीले विगतमा भनेका कुरा स्मरण गर्दै नेपालले भने, ’मेरो प्रधानमन्त्रीको कुर्सी ताक्दै हुनुहुन्छ हैन भन्नुहुन्थ्यो । कुर्सी ताक्नुभयो भने कुर्सी नै भाँचिदिन्छु भन्नुभएको थियो ।’’कुर्सी भाँचिदिन्छु’ भनेको प्रतिनिधिसभा विघटन रहेको नेपालको भनाइ थियो । ’१५ वर्ष प्रधानमन्त्री बन्ने सपना देखेर प्रतिनिधिसभा विघटन गर्नुभएको थियो,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय