काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो घोषणा गर्नुभएको हो ।

पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्षसहित उम्मेदवारी दिन लागेको उहाँले प्रस्ट पार्नुभएको छ ।

उहाँले अवसर पाएर पनि नेताहरूले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४औँ महाधिवेशनले पनि पुरानै नेताहरूलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी दिनुभएको छ ।

आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय