काठमाडौँ । आजदेखी कक्षा १२ को परिक्षा सञ्चालन भएको छ । कोरोना कहरकैबीच नेपाल सरकारले आजदेखि भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा सञ्चालन गरेको हो । कोरोनाका कारण यसअघिको परीक्षामा विद्यालयकै आन्तरिक मूल्यांकनलाई आधार बनाइएकोमा संक्रमण घटेसँगै विद्यार्थीको प्रत्यक्ष सहभागितामै परीक्षा चलाइएको हो ।

परीक्षा हलमा प्रवेश गर्नुअघि विद्यार्थीको तापक्रम नाप्नुका साथै सेनिटाइजर लगाएर मात्र भित्र पस्न दिइएको छ । परीक्षास्थलमा विद्यार्थीहरूबीच भौतिक दुरी कायम रहने गरी सिट व्यवस्था गरिएको छ ।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सनोठिमीले यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन हुने तालिका सार्वजनिक गरेको थियो ।

कार्यालयको निर्देशनबमोजिम सम्बद्ध विद्यालयमै परीक्षा सञ्चालन गरिएको हो । परीक्षा केन्द्रमा सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दूरी पालना गर्न कार्यालयले निर्देशन दिएको छ ।

यसपालि प्रश्नपत्र मेलमा आएको र विद्यालयमै प्रिन्ट गरेर परीक्षा हलमा लगिएको विद्यालयले जनाएका छन् । कक्षा १२ को परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय