
काठमाडौँ- इजरायल जान अंग्रेजी भाषा परीक्षा भोलि सोमबारबाट सुरु हुने भएको छ । इजरायल जान ९ हजार बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ । ७ हजार नेपालीले भोलि सोमबार अंग्रेजी भाषा परीक्षा दिने छन् ।
इजरायलले १ हजार कामदार लैजाने तयारी गरेको छ । भाषा परीक्षा २८ गते सोमबार १ बजे हुने भएको छ । परीक्षाका लागि काठमाडौँका विभिन्न ११ स्थानमा केन्द्र तोकिएको छ ।