२७ भदा, काठमाडौं । २७ भदा, काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् । साथै नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सभामुख, सभामुखको कुर्सीमा बस्न लायक नभएको बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल फुटाउन सभामुखको ‘षड्यन्त्रपूर्ण संलग्नता’ भएकाले संसदको अवरोध कायम राख्ने समेत उनले बताएका छन् । तर पार्टीले तोकेका नाराहरु मात्र लगाउन र संसदीय मर्यादामा बसेर विरोध गर्न उनले सांसदहरुलाई निर्देशन दिए ।

शुक्रबार प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा एमाले सांसदहरुले रोष्टममा चढ्ने प्रयास गरेका थिए भने गृहमन्त्रीको माइक खोसेका थिए । त्यसको चर्को आलोचना भएपछि एमालेले सांसदहरुलाई प्रशिक्षित गर्न भन्दै आइतबार संसदीय दलको बैठक राखेको थियो । बैठकमा अध्यक्ष ओलीले संसदीय मर्यादाभित्र बसेर मात्र विरोध गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय