भाद्र २६, नेपालगन्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले एमसीसी परियोजनासँग सुरक्षा रणनीति नजोडिएको लिखित दिनुपर्ने बताउनु भएको छ । एमसीसीका प्रतिनिधिहरुसँगको भेटमा उहाँले नेपाल स्वतन्त्र राज्य भएको भन्दै सुरक्षासँग उक्त परियोजना जोडिएको छ कि छैन भन्ने प्रश्न गरेको बताउनु भएको हो ।

‘सुरुमा एमसीसी परियोजना नेपालको हितमा छ भन्ने पुष्टि गर्नु प¥यो । यो परियोजनामा विकासको कुरामात्रै छ भन्नु प¥यो,’ आज बाँकेको नेपालगन्जमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो,‘सुरक्षा रणनीतिसँग जोडिएको छ भने त्यो हुँदैन । हामीलाई लिखित चाहियो कि यो सुरक्षासँग सम्बन्धित छैन।’

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण दुई तिहाई सरकार फेल भएको बताउनु भएको छ । नेता नेपालले कतिपय प्रदेशमा एमालेभन्दा आफ्नो पार्टी ठूलो भएको बताउनु भयो । सुदूरपश्चिम प्रदेश र दुई नम्बर प्रदेशमा एकीकृत (एस) एमालेभन्दा ठूलो पार्टी भइसकेको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार केही दिनमा ढल्ने र गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय