२६ भदौ, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सरकारले प्रतिपक्षसँग दुरी बढाएर द्वन्द्वको सिर्जना गराउन खाजेको आरोप लगाएका छन् । पत्रकारहरुसँग शनिबार भरतपुरमा कुराकानी गर्दै बस्नेतले पछिल्लो समय सदनमा सरकारले प्रतिपक्षसँग दुरी बढाएर पेलेर जाने रणनिति लिएर द्वन्द्वको सिर्जना गरेको बताए ।

बस्नेतले सबैलाई हेर्ने नजर सभामुखको एउटै हुनुपर्ने भएपनि सभामुखले एमालेलाई लगाउने नियम र अरु पार्टीलाई लगाउने नियम फरक देखिएकोमा आपत्ति प्रकट गरे । उनले सभामुखले सबैलाई समान दृष्टिकोणले नहेरेको बताउदै सरिता गिरीलाई जसपाले कारबाही गरेको पत्र १२ घण्टामा टाँस्ने, लेखराज भट्ट, टोप बहादुर रायमाझी, प्रभु साह गौरशंकर चौधरीलाई माओवादीले गरेको कारबाहीको पत्र २४ घण्टामा टाँसेको स्मरण गरे । उनले सभामुख सापकोटाले एमालेले आफ्ना सांसदलाई गरेको कारबाहीको पत्र भने नटासेकोमा रोष प्रकट गरे ।

ह्विप उल्लंघन गर्ने सांसदविरुद्ध सभामुखलाई निर्णय गर्ने कुनै अधिकार नभएको बताउदै बस्नेतले सभामुखले अरु पार्टीले गरेको कारबाहीको सूचना टाँसे पनि एमालेले गरेको कारबाहीको सूचना नटाँसेर एमाले फुटाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले सभामुखले सबै दललाई गर्ने व्यवहार एउटै हुुनु पर्नेमा त्यसो नभएकाले एमालेले सोको विरुद्धमा सदनभित्र संघर्ष गरेको बताए ।

नेकपा एमालेलाई मरेको बाघ ठानेर कसैले जुँगा उखेल्ने प्रयत्न गरेमा त्यो गल्ति हुने बताउदै बस्नेतले एमाले जिउँदो बाघ हो भन्ने कुरा आफुहरुले पटकपटक देखाउँने बताए । शुक्रबार सदनमा आफुहरले देखाको त कास्टिङ्ग मात्र भएको बस्नेतको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय