२६ भदौ, चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिमा उम्मेदवारी दिने योजनाबाट पछि नहट्ने बताउनु भएको छ । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने दोहोर्याउनु भएको हो ।

महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताउनु भएको हो ।

उहाँले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिनुभएको छ । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उहाँले बताउनु भएको छ ।

एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण शुक्रबार संसदको घटनाले पुष्टि गरेको बताउनु भएको छ । विपक्षीको धर्म विरोध गर्ने भए पनि शुक्रबारको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको कोइरालाले भने, ‘उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरु चलिरहेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय