
काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका ६ जनाको सामूहिक हत्या भएको पाँच दिनपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतकाका आफन्त नै रहेका छन् । २१ भदामौ बौद्धमान कार्कीको परिवारका ६ जनाको विभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। प्रहरी स्रोतका अनुसार ५ दिनको अनुसन्धानपछि सामूहिक हत्यामा संलग्न २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ परेका छन्।
लोकबहादुरको साथबाट घरदेखि रगत लागेको कपडा र हथौडा जस्तो हतियार बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। उनी दीर्घ रोगी रहेको खुलेको छ। प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो।
यस घटनामा भने प्रहरीले अरूलाई पक्राउ नगरेको बताएको छ। अभियुक्तले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ९सीआईबी०सहितको टोलीलाई हत्या गरेको बयान दिएका थिए। पक्राउ परेका लोकबहादुरको घर घटना स्थलबाट करिब १५० मिटरको दुरीमा रहेको प्रहरीले बताएको छ। घटना के कारणले भएको होरु कसरी भयोरु भन्ने बारेमा भने प्रहरीले भोलिमात्र खुलाउने जनाएको छ।