काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ।बिहान ९ बजे ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बैठक बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए

बैठकमा विधान महाधिवेशन ९प्रतिनिधि, दस्तावेज र व्यवस्थापन० र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने तामाङले जानकारी दिए।

एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको भएपनि प्रतिनिधि सभा बैठक जारी रहेपछि स्थगित गरिएको थियो। एमाले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले हिजोको प्रतिनिधि सभा बैठक सञ्चालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय