
काठमाडौं- हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहनुका साथै हाल देशभर आँशिकदेखि सामान्य वदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राति पनि अधिकांश स्थानमा हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको छ
देशको धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेकोले पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोलेसतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।