
काठमाडौं, २४ भदौं । नेपालले एमसीसीमा रहेका अस्ष्टताबारे राखेका ११ जिज्ञासाका एक एक जवाफ अमेरिकाले दिएको छ ।
नेपालको पहिलो प्रश्न छ अनुदान, सहयोग, उपहार आदिमा लिने दिनेका बीच सर्तनामा हुँदैन ।
त्यस्तो दान, सहयोग, उपहार, अनुदानको दुरुपयोग नहोस् भन्ने दाताको मनसाय मात्र हुन्छ । कतिपय घोषित वा अघोषित उद्देश्यहरू समय, काल र परिवेशले स्पष्ट हुन्छ । एमसीसीसँग सम्झौताको पछाडि नितान्त निःस्वार्थ सहयोग रहेको थियो भन्ने आधार के छ रु
जवाफमा भनिएको छ स् एमसीसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी न्यूनीकरण गर्नु हो ।
नेपालमा एमसीसीको लक्ष्य नेपाली नागरिकको जीवनस्तर तीव्र गतिमा सुधार गर्नु रहेको छ । एमसीसी नेपाल कम्प्याक्ट, नेपाल सरकारले नै आर्थिक वृद्धिका लागि महत्त्वपूर्ण ठहर्याइ चयन गरेका विद्युत् प्रसारण र सडक मर्मत सम्भार परियोजनाहरू सम्पन्न गर्नाका निम्ति नेपाललाई उपलब्ध गराएको अनुदान हो ।
नेपाल सरकारसँग सहमति गरेर एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएका सर्त तथा मापदण्डहरू अन्य देशसँगका एमसीसी कम्प्याक्टमा समाविष्ट सर्त तथा मापदण्डअनुरूप नै छन् र कम्प्याक्ट परियोजनाहरू पाँच वर्षको समयसीमाभित्र नै उच्च प्राविधिक तथा वातावरणीय मापदण्ड बमोजिम सम्पन्न हुन् र अनुदान रकमको दुरुपयोग नहोस् भन्ने सुनिश्चित गर्नका निम्ति आवश्यक छन् । कम्प्याक्टका सर्तहरू उल्लंघन हुनेगरी अनुदान रकमको दुरुपयोग नभएमा यो रकम फिर्ता गर्नु पर्दैन ।
नेपालका ११ प्रश्नमा अमेरिकाले दिएका जवाफको पूर्ण पाठ सुरुमा अंग्रेजीमा, तल नेपालीमा