२३ भदौ, काठमाडौं । रमाइलोका लागि तीज मनाऔं, सम्पुर्ण हिन्दु महिलाहरुमा तिजको शुभकामना । आज नेपाली नारीहरुको महानपर्व तीज । तीजमा अविवाहित नारीहरु राम्रो श्रीमान कामना गर्दै दिनभरी मुखमा पानी समेत नहालेर महादेवको नाममा वर्त बस्ने गर्दछन् । विवाहित महिलाहरु आफ्नो स्वामीको स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै ब्रत बस्ने संस्कार परापूर्वकालदेखि नै चलिआएको देखिन्छ ।

आजका युवा पुस्ताहरु भने तीजको परम्परालाई केही पाउनका लागि भन्दा पनि परम्पराको निरन्तरता र वर्षमा एक दिन रमाइलो गर्ने दिनका रुपमा टाढा टाढा रहेका सबै दिदी बहिनीहरु जन्म घरमा जम्मा भएर मादल र संगीतको तालमा नाचगान गरी मनाउने सुरमा रहेका देखिन्छन् । खासगरी पुजा, आरधना वा ब्रतको महत्व र अर्थ आध्यात्मिक रुपमा जे जसरी व्याख्या गरिएको भएपनि आजको दुनियाँ विज्ञान र अविष्कारको नयाँ नयाँ खोजमा लागेको देखिन्छ ।

युवा पुस्ताहरुको सोँच पनि हाम्रा पर्वहरुबाट भगवान खुशी भएर केही देलान् भन्दा पनि आफन्तसँगको भलाकुसारी, खानपिन र सम्बन्ध सुधारको रुपमा ग्रहण गर्नपट्टि लागेको देखिन्छ । स्वास्थ्यलाई ध्यान दिएर ब्रत बसौं महिला दिदी बहिनीहरु कठोर ब्रत बस्ने र दिनभरी नाचगानमा रमाउदा त्यसले उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्दछ । नाचगानमा रमाउदा रमाउदै कतिपय लडेको, बेहोस भएको विगतका वर्षहरुमा देखिएको थियो ।

वास्तवमा यसरी खाली पेट ब्रत बसेर स्वास्थलाई नोक्सानी पुगाउनु भन्दा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिएर रमाइलो गर्नु बुद्धिमतापूर्ण देखिन्छ । ब्रत धेरैले लिइन्छन्, तर पर्व मनाउने वा धर्म र संस्कृतिलाई निरन्तरता दिने नाममा आफ्नो स्वास्थ्यको ख्याल नगर्नु कुनै पनि हिसाबले उचित हुँदैन । स्वास्थ्यको हिसाबले लामो समय सम्म भोकै बसेमा धरै खालको असर पर्ने देखिन्छ । हाम्रो आमाशयमा खाना पचाउन मद्दत गर्ने एसिड धरै जम्मा हुन जाँदा पेट पोल्ने समस्या हुन सक्छ, त्यसले दीर्घकालीन समस्या पनि बल्झिने खतरा त्यतिकै हुन्छ ।

ब्रत बस्दा देखिने समस्याहरु तीजको बेलामा पानी पनि नखाइ नाँचगानतर्फ मात्र ध्यान दिँदा शरिरमा पानीको मात्रा कम हुनगई डिहाइड्रेसन हुन सक्दछ । हाम्रो शरिरमा चिनीको मात्रामा घटवढ छ वा मधुमेहको समस्या छ भने भोकै बस्दा विभिन्न स्वास्थ्य समस्याहरु देखापर्ने सम्भावना रहन्छ । यस विषयमा वरिष्ठ चिकित्सकहरुले समेत स्वास्थ्य सम्बन्धि सुझाव सल्लाह दिएका छन्, तथावपि ब्रतालुले त्यसको मतलब गरेको देखिन्न । ब्रतको कारणले शरिरको रक्तचाप घट्न गई अचानक ढल्ने वा अन्य समस्याहरु पनि आउन सक्दछन् ।

विभिन्न अनुसन्धानका अनुसार यस्तो अवस्थामा शरिरमा हुने कोलेस्ट्रोलको मात्रा बढ्न गई मुटु सम्बन्धि रोग लाग्ने सम्भावना अधिक रहन्छ । टाउको दुख्ने, रिँगटा लाग्ने, शरीर कमजोर महशुस हुने भएमा तुरुन्त नजिकको स्वास्थ्यकर्मीसँग सल्लाह लिनु राम्रो हुन्छ । ब्रत बसेको बेलामा दैनिक रुपमा शरिरलाई चाहिने शक्ति आपूर्ति हुँदैन र त्यसको असरले हात खुट्टा दुख्ने तथा शरिर कमजोर हुने, काँप्ने र झमझमाउने समस्या देखिन सक्छ । तसर्थ शरीरलाई आवश्यक शक्तिको आपूर्तिका लागि पनि फलफूल र पेय पदार्थ भने खान छुटाउनु हुँदैन ।

साथै
– व्रतको दिन अत्याधिक पानी पिउनुपर्छ ।

– धेरै परिश्रम हुने काम नगरौं ।

– व्रतको दिन मध्यन्ह खानेकुरा सेवन गरेपनि राती त्यसको मात्रा कम गर्नुपर्छ ।

– विश्राम गरौं र कागती एवं मह मिश्रति पानी सेवन गरौं ।

– व्रतको क्रममा अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर वाहिर निस्कन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनुपर्छ ।

– मौसमी फल वा फलको जुस सेवन गर्नुपर्छ ।

ब्रतको विज्ञानः कसरी, किन र कसले बस्ने ?

ब्रतले शरीरको पाचन प्रक्रियामा आरम मिल्छ । साथै शरीरको मेटाबोलिक (खानालाई इनर्जीमा परिणत गर्ने ) क्षमतामा वृद्धि गर्न मद्धत गर्छ ।

यद्यपी, व्रत बस्दा हामी सबैले विशेष कुराहरुमा ध्यान दिनु अत्यावश्यक छ । अन्यथा यसको नकारात्मक प्रभावका कारण शरीरमा विभिन्न समस्या उत्पन्न हुने गर्दछ । यसबाट बच्नको लागि यी कुरामा ध्यान दिनु जरुरी छ ।

ध्यान दिनुपर्ने कुरा

व्रतको बेला शरीरमा पानीको कमी हुनसक्ने भएकोले अधिक पानीको सेवन गर्न जरुरी हुन्छ । प्रतिदिन कम्तीमा ६ देखि ८ गिलास पानीको सेवन गर्नु स्वास्थ्यका दृष्टिकोणले समेत फाइदाजनक मानिन्छ ।

खानामा अंगुर, लिच्ची, खरबुजा, काक्रो लगायतका फलफुललाई समावेश गर्नुहोस् जसले तपाईको शरीरमा पानीको मात्रालाई बढाउन सकोस् ।

केही घण्टाको फरकमा पानी तथा फलफुलको सेवन गर्नुहोस् । अन्यथा खाली पेटका कारण शरीरमा एसिडिटीको समस्या उत्पन्न हुने गर्दछ । त्यसैले आफ्नो खानामा उच्च कार्बोहाइड्रेटयुक्त खाना जस्तै आलु, सावुदाना लगायतको प्रयोग गर्नु निकै उपर्युक्त मानिन्छ ।

त्यसबाहेक, काजु, किसमिट, पेस्ता लगायतका ड्राइ फु्रटको मनग्य सेवन गरौ । यसले शरीरमा तागत प्रदान गर्नुका साथै तपाईलाई थकान महसुस हुन दिँदैन ।

ब्रतमा के खाने के नखाने ?

विहानको समयमा तपाई दूधको साथमा कुनै पनि फलफुलको सेवन गर्न सक्नुहुन्छ । त्यसबाहेक दूधको साथमा भिजाएको बदाम खानसक्नुहुन्छ ।

दिउँसोको समयमा सावुदाना, सेवाईको प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै, आलुको परिकार, रोटी तथा पुरी समेत खान सक्नुहुन्छ ।

त्यस्तै, साँझको समयमा ग्रीन टी, तथा मेवालाई तपाई आफ्नो खानामा संलग्न गर्न सक्नुहुन्छ । त्यसबाहेक, चियासित मखाना, काजु पनि सेवन गर्नु सक्नुहुन्छ । यसले तपाईको शरीरमा तागत प्रदान गर्दछ ।

कस्तो सावधानी अपनाउने ?

व्रत बसेको समयमा धेरै चिल्लो, पिरो तथा तारेको खानु स्वास्थ्यका लागि हानीकारक हुनक्छ । यसले शरीरमा कैलोरीको मात्रा बढाउने गर्छ । त्यसैले, कुनै पनि मानिसले व्रत बस्दा प्रोटीन, फैट कार्वोहाइडे्रट, भिटामिन, मिनरल्सयुक्त खानेकुराका साथमा पौष्टिक खानेकुराकोे सेवन गरौ ।

त्यस्तै, मैदा तथा आलुको प्रयोग सकेसम्म कम गरौ ।

त्यस्तै, व्रतका कारण शरीरलाई सुस्त हुन नदिन पनीर, क्रीमयुक्त दूधको सेवन कम गरौ । बरु यसको सट्टा ताजा फलफुल तथा जुसको सेवन गर्नु उपर्युक्त हुन्छ ।

यी रोग भएकाहरुले ब्रत नबसौ

1  मधुमेह तथा उच्च रक्तचाप ÷हाइपरटेण्सन भएका व्यक्तिले

2 भर्खर अपरेशन गरेकाहरुले

3 रगतको कमी भएमा अथवा रगत सम्बन्धि समस्या देखिएमा

4 मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पिडितहरु

5 गर्भवती महिला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय