
भाद्र २३, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दलहहरुको बैठक बोलाएका छन् । ४ बजेको संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बोलाएका हुन् ।
प्रमुख प्रतिपक्ष एमालले संसद् अवरुद्ध गर्ने निर्णय गरेको छ । आजै संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकले यथास्थितीमा सदन चल्न नदिने निर्णय गरेको थियो ।
एमालेले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाउँदै आएको छ । ’जो एमाले सिध्याउन खोजिराख्या छ भने सभामुखको निष्पक्षता कसरी हुन्छ ।
सभामुख गठबन्धनको पक्षधरमा देखिनुभयो, एमालेविरोधी षड्यन्त्रमा रहेको देखियो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जान सक्ने स्थिति रहेन,’ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भने ।