काठमाडौं, भदौं २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भएको आारोप लगाउनुभएको छ ।

बुधबार काठमाडौंमा पार्टीले गरेको एक कार्यक्रममा दाहालले तर आफूले भने गठबन्धन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान चाहेको उल्लेख गर्नुभयो । त्यस्तो सूत्र भने उहाँले भन्नुभएन ।

सत्ता गठबन्धन फुटाउन देशभित्र र बाहिरबाट षडयन्त्र भइरहेको भन्दै दाहालले भन्नुभयो, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरी लागिरहेका छन् ।’

प्रतिक्रान्तिलाई निरन्तरता दिन सत्ता गठबन्धन फुटाउने र माओवादीलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भइरहेको आरोप उहाँको थियो । कार्यक्रममा अध्यक्ष दाहालले पार्टी रूपान्तरण पनि नहुने र क्रान्ति पनि नगर्ने हो भने माओवादी विघटन गरौं भन्ने प्रस्ताव पनि गर्नुभयो । नेता÷कार्यकर्ता सजिलै रूपान्तरण हुने अवस्था नदेखिएकाले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न र क्रान्तिकारी पार्टी बनाउन खोजेको तर्क पनि गर्नुभयो ।

दाहालले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने जिकीर गर्दै माओवादीको चरित्र क्रान्ति र परिवर्तन रहेको उल्ल्ेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय