
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ महिनामा शेरबहादुर देउवा नेतृत्वको सरकारलाई खोजेर पनि कसैले नभेट्ने बताएका छन् । सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।
उनले देश र जनताको पक्षमा बोल्न नसक्ने सरकारलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्ने बताए । उनले भने यो सरकार अवैध सम्बन्धहरूको परिणाम हो । यसलाई नेपाली जनताले सकेसम्म छिटो बिदा गर्नुपर्छ । छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनुपर्ने केही छैन ।
उनले थपे २०७९ को मंसिरमा चुनाव गराउनै पर्छ । अब १४ महिना रह्यो । १५ महिनामा यो सरकार खोजेर पनि कसैले भेट्न सक्दैन । तपाईंहरू सुत्नुभयो भने यस्ता सरकार बनिरहन्छन् । तपाईंहरू उठ्नुभयो भने यस्तो सरकार बिदा हुन्छ । देशभक्त, गरिवीविरुद्ध लड्ने सरकार बन्छ ।
उनले वर्तमान सरकारको चाल घरको बाघ, वनको स्यालु जस्तै भएको पनि बताए । उनले भने देशका लागि बोल्ने, राष्ट्रियताको पक्षमा बोल्ने युवालाई बोल्न दिइँदैन, गिरफ्तार गरिन्छ । तर, नेपालीमाथि भएको ज्यादतीमा चुइँक्क बोल्न सक्दैन । एउटा पार्टी भए त बोल्न सक्दैन भन्न हुन्थ्यो, पाँचरपाँचवटा छन् । किन नबोलेको रु धाकधक्कु त साना छैनन् । नक्कली कुरा कम छैन तर चुइँक्क बोल्दैनन्
एमालेसँग पाँचवटै पार्टीकै सातो गएको बताउदै ओलीले भने ( एमालेसँग यिनीहरूको सातो गएको छ । एमाले चितवनको एक्लो बाघ हो । शुक्लाफाँटाको बथानमा हिँड्ने कृष्णसार होइनु