काठमाडौं- एमाले नेता महेश बस्नेतले माधव नेपालले २०६४ को निर्वाचनमा हात्तिजत्रो पार्टीको जिम्मा लिएर बोको जत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुगेको बताएका हुन् ।सोमबार काठमाडौमा युवासंघ नेपालले गरेको कार्यक्रममा बस्नेतले

‘नेता माधव नेपालले २०६४ को निर्वाचनमा हात्तीजत्रो पार्टीको जिम्मा लिएर बोकोजत्रो बनाएपछि नैतिकताको आधारमा राजीनामा दिएर नेपालको राजनीतिबाट विलय हुने स्थितिमा पुग्नुभयो’ बस्नेतले भने( ‘उहाँ प्रधानमन्त्री हुँदा प्रचण्डले देशव्यापी आमहड्ताल घोषणा गर्नुभयो, माधव नेपालको सरकारले वार्ताको आव्हान गर्दा प्रचण्डले भन्नुभयो–म वार्ता नोकरसँग होइन मालिकसँग गर्छु ।’

त्यसबेला आफुहरुले युथफोर्स बनाएर माधव नेपालको सरकार जोगाएको भन्दै माधव नेपाल थरथर भएर राजीनामा दिएको बस्नेतले बताए । नेपालले एमालेलाई स्वार्थी र फटाहाहरुलाई बोकेर चुनौति दिन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय