काठमाडौं भदौ २० । संसदबाट एमसीसी सम्झौता अनुमोदनको तयारी भइरहेको भन्दै विप्लव नेतृत्वको पार्टीसहितको २२ दलीय संगठनले राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी २२ दलीय संगठनले भदौ २३ गते मध्यान्ह माइतीघर मण्डलामा एमसीसी खारेजी आन्दोलनको ब्यानरमा संयुक्त बिरोध प्रदर्शन गर्ने घोषणा गरेको हो ।

प्रदर्शन मण्डलाबाट-याली\जुलुस सहित नयाँ बानेश्वरमा पुगी बिरोध सभामा परिणत हुनेछ । साथै उक्त संयुक्त बिरोध सभामा उपस्थितिको निम्ति अपिल समेत गरिएको छ ।

देशका सबै जिल्लाहरुमा सम्बन्धित दलहरुले ब्यापक जनसहभागितामा एमसीसी खारेजीको निम्ति कार्यक्रम गरिने निर्णय समेत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय