२० भदौ, काठमाडौं । साताको पहिलो दिन बजार खुले देखि नै ओरोला लागेको सेयर बजार १२ः४५ बजेसम्म करिब १ सय ३० अंकले घटिसकेको छ । यद्यपि गिरावटको क्रम रोकिएको छैन । अघिल्लो कारोबार दिनको तुलनामा यो ४.४७ प्रतिशतले कम हो ।

यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ ।

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साहित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय