काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसीबारे उठेका शंका निवारण भएपछि प्रक्रिया अघि बढ्ने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महतले एमसीसीबारे नेपाली जनतामा उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै प्रक्रिया अघि बढ्ने बताएका हुन्।

उनले जनतामा रहेका प्रश्नहरूको समाधानका लागि सरकारले पहल गरिरहेको उनको भनाइ थियो।

उनले अमेरिकी सरकारले प्रष्ट पारेपछि एमसीसी बारेको आशंका निवारण हुने र परियोजना अघि बढ्ने बताए। सरकारले एमसीसीका विवादित विषयबारे प्रष्ट पार्न अमेरिकी सरकारलाई पत्र पठाइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय