दाङ – दाङमा अढाइ जातको माछाले टोक्दा एक जनाको ज्यान गएको छ ।

अढाइ माछाले टोकेर गम्भीर घाइते भएका लमही नगरपालिका(१ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको उपचारका क्रममा लमही अस्पतालमा आज दिउँसो ज्यान गएको हो ।

माछाले टोकेर बेहोस भएपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो ।

शवलाई अहिले पोस्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय