![](https://eprabhatkhabar.com/wp-content/uploads/2021/09/1-4.jpg)
१९ भदौ, काठमाडौं । नेकपा एकिकृत समाजबादी दाङ्ग काठमाडौँ सम्पर्क मंचको भेला आज काठमाडौँको थापा गाउँमा सम्पन्न भएको छ । अधिवक्ता अनिल आचार्यको संयोजकमा सम्पन्न कार्यक्रममा सचिवमा अधिवक्ता शुवास विश्वकर्मा सहित ५१ सदस्यीय सम्पर्कमंञ्च गठन भएको छ ।
कार्यक्रममा नेकपा एमालेबाट विद्रोह गर्दै आएको १४ जनाको समुह माधव नेपाल नेतृत्वको नेकपा (एस)मा प्रवेश गरेका छन् । नेकपा एमाले फुटेपछि एमाले ओलीको साथ छाड्दै माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा (एस)मा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।
कार्यक्रमको संञ्चालन मधुकर रिजालले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथिमा एकिकृत समाजवादीका सभासद मेटमणी चौधरि रहेका थिए । कार्यक्रमको अतिथिहरुमा लुमानसिंह विश्वकर्मा, सुर्य वि सि, विमल पौडेल, टिकाराम रिजाल अन्जु वस्नेत र लक्ष्मण केसि रहेका थिए ।