
काठमाडौं १९ भदौ । नेकपा एमालेका नेता सूर्य थापाले वामदेव गौतमको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् राख्दै थापाले वामदेव एकै दिनमा तीनवटा कुरा गर्ने अस्थिर स्वभावको भएको टिप्पणी गरेका हुन् । एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि थापाले नेता गौततर्फ कटाक्ष गर्र्दै फेसबुकमा लेखेका छन्, ‘उनी एकै दिनमा तीन थरी कुरा गर्थे । बिहान घरबाट निस्किँदा नेकपा (माले)को पक्षमा कुरा गर्थे । दिउँसो माओवादी बनिसक्थे र, बेलुका दरबार पो ठिक हो कि भनेर अलमलमा पर्थे ।’
अस्थिरताको हिसाबमा नेता गौतम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइजस्तै लाग्ने थापाले टिप्पणी गरेका छन् । एमालेबाट विभाजित बनेर माले बनेको २०५४–२०५८ अवधिमा पनि उनको यस्तै अस्थिरता रहेको आरोप लगाएका छन् ।
उनले लेखेका छन्, ‘खासमा अस्थिरताको हिसाबले यिनी पुष्पकमल दाहालको सास्खै सानी आमाको छोरा भाइजस्तै लाग्छन् र छन्।२०५४–५८ ताका यति अस्थिर र चञ्चल व्यक्ति नेपाली राजनीतिमा को थियो?’ प्रचण्ड र नेता गौतमको उस्तै उस्तै अस्थिरताको कारणले नेकपा हुँदै एमाले विभाजित भएर दुई तिहाइको कम्युनिष्ट सरकार र आफ्नो इतिहास समेत संकटमा परेको उनको भनाइ छ ।
‘यही कारण अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा एमालेको एकता, दुई तिहाईको कम्युनिस्ट सरकार र आफ्नै इतिहाससमेत संकटको भीरको डिलमा पु¥याएर आज स्वयं किनारा लाग्न पुगे? अनि, हिजोदेखि व्यक्तिमा सीमित बने ?सही उत्तर मिलाउनुहोस्?’ नेता थापाले लेखेका छन्।