
भाद्र १८, चितवन । नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा खसेको पहिरो हटाइएपछि भएर गाडी चल्न थालेका छन् ।
आज बिहान पाँचकिलो र कुरिनटारनजिक पहिरो खसेको थियो । यी दुवै ठाउँको पहिरो साढे १० बजे सफा भएपछि गाडी दोहोरो चल्न थालेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।