
१८ भदौ, काठमडौं । कञ्चनपुरमा एक मृतक नेपाली नागरिकको सदगत गर्न अवरोध गरेको छ । एसएसबीले भीमदत्त नगरपालिका– १० जिमुवाका लाल गिरीको सदगत गर्न अवरोध गरेको हो । भीमदत्त नगरपालिका- ९ रिगौना सदगत स्थलमा एसएसबीका जवान आएर अवरोध गरेका थिए ।
स्थानीय युवा दीपेन्द्रसिंह ऐरीले मृत्यु भएका नेपाली नागरिकको सदगत गर्न एसएसबीले अवरोध गरेको बताए । सो क्षेत्रमा नाथगिरी, पुरी भारती समुदायले सदगद गर्दै आएका छन् ।
सदगत गरेर वर्ष दिनपछि समाधि बनाउने भएकाले भारतीय पक्षबाट कञ्चनपुरको सीमा क्षेत्रमा हस्तक्षेप मात्र नभई नेपालीको धर्म–संस्कृतिमा समेत अवरोध पु¥याउने गैरसमाजिक काम भएको स्थानीय बताउँछन्। भीमदत्त नगरपालिका– ९ का वडाध्यक्ष राना नाथले सदगत कार्यमा एसएसबीले गरेको अवरोध निन्दनीय भएको बताए ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल र नेपाली नागरिकमाथि निरन्तर ज्यादती गरिरहेको छ। एसएसबीको व्यवहारले सीमाका नेपाली नागरिकले हैरानी व्यहोरिरहेका छन्। गत १५ साउनमा दार्चुलास्थित महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामी बेपत्ता बनाएको थियो।