
१८ भदौ, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले सरकारले एमसीसी सम्झौता अघि बढाउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । आज सामाजिक सञ्जालमार्फत रावलले एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर सरकारले एमसीसी सम्झौता अघि बढाउन लागेको बताएका हुन् ।
देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश वर्तमान सरकारलाई प्राप्त नभएको उल्लेख गर्दै उनले नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइएको बताएका छन् । र अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुँदैछ भनेका छन् । सरकार जनअनुमोदित होइन उनले भने ।’
नेपालमा द्वन्द्व पछिअस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइयो फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र हुदैछ । सरकार जनअनुमोदित होइन।देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश सरकारलाई प्राप्त छैन । आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।
नेपाल सरकारले एमसीसीसँग सम्झौता गर्दाको समझदारीअनुसार संसद्बाट अनुमोदन गराउने÷नगराउने विषयमै अल्झिँदा परियोजना कार्यान्वयन सुरु भएकै छैन । ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजना अघि नबढेपछि अमेरिकाले उच्च चासो व्यक्त गर्दै आएको छ । सम्झौता कार्यान्वयन भने गत वर्ष असार १६ मा सुरु गर्ने समझदारी थियो ।