१८ भदौ,काठमाडौं । जापानमा भइरहेको टोकियो पारा ओलम्पिक २०२० मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोबर्ध्दन पहिलो खेलमै पराजित भएकी छन् । आज बिहान भएको पहिलो चरणको खेलमा उनी बेलायती खेलाडी बेथ मुनरोसँग पराजित भएकी हुन् ।

पदक आशा गरिएकी उनी सुरुमै बलियो प्रतिद्वन्दीसँग पर्दा पराजित भइन् ।५८ केजी तौल समूह मुनिको खेलमा पलेशा बेथसँग २१–८ अन्तरले पराजित भइन् ।

पहिलो राउण्डमा पलेशा ६–२ र दोस्रो राउण्डमा ८–२ ले पछि परिन् । तेस्रो राउण्डमा केही सुधार गरेपनि ७–४ ले पछि परेपछि पलेशाले हार बेहोरिन् । पहिलो चरणमा हारेकी पलेशाले अब रिपेचका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय