
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले गुट परिवर्तन गरेका छन् । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका गगन थापाले गुट परिवर्तन गरेका हुन् । महाधिवेशनको मुखैमा आएर उनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा खुलेका छन् ।
यसअघि कृष्णप्रसाद सिटौलको क्याम्पमा रहँदै आएका थापा आिज रामचन्द्र पौडेल पक्षले महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा सहभागी भएका छन् ।
पौडेल पक्षले आउँदो महाधिवेशनबारे जानकारी दिन पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापा सहभागी भएका हुन् । यससँगै उनले आउँदो महाविधेशनमा पौडेल क्याम्पबाट प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् ।