
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ । वडा अधिवेशन सुरु हुनु अघिल्लो दिनसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलन गरेर सभापतिमा एउटै उम्मेदवार बनाउने बताएका हुन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ ।’