काठमाडौं- माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले निजी शिक्षा प्रणालीसँग लड्न विद्यार्थी संगठन असफल भइसकेको बताएका छन्। मुलुकमा दर्जनौं विद्यार्थी संगठन शिक्षाको निजीकरणको विरोधमा रहनुकै बीच निजी शैक्षिक संस्था असनको साँढेु भइरहनु विद्यार्थी संगठन फेल भएको प्रमाण हो भन्दै उक्त आरोप लागाएका हुन्।

सोमबार अखिल क्रान्तिकारी केन्द्रिय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्। यस्तै, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले विकासको रटान लागए पनि विकास र समृद्धि कुन चराको नाम हो भन्ने राज्य नेतृत्वले नै बुझ्न नसकेको बताएका छन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘विकासको रटान लगाए पनि विकास र समृद्धि कुन चराको नाम हो र त्यसको जरो शिक्षासँग कसरी गाँसिएको हुन्छ, भन्ने कुरा नै राज्यको नेतृत्वले बुझ्न सकेन। परिणाम हाम्रोसामु छ। ’

शिक्षा तथा मानव स्रोत साधन केन्द्रका महानिर्देशक डा।बैकुण्ठ अर्यालले कर्पोरेट क्षेत्रलाई अनिवार्य रूपमा शैक्षिक, सामाजिक दायित्व बहन गर्न लगाउनुका साथै शिक्षा क्षेत्रमा बैदेशिक लगानीबारे निश्चित मापदण्ड तयार गर्नुपर्ने विचार राखेका थिए।

अखिल क्रान्तिकारीका उपाध्यक्ष तीलक राज भण्डारीले प्रस्तुत गरेको शैक्षिक कार्य दिशासम्बन्धी संगठनको अवधारणा पत्रमाथि पूर्व विद्यार्थी नेताहरू रामदिप आचार्य, रमेश मल्ल, रत्न ढकाल, आर।सी अधिकारीले धारणा राखेका थिए।

असोज ८ देखि संगठनको बाइसौ राष्ट्रिय सम्मेलन तोकेर तीव्र तयारीमा रहेको माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले स्थानीय , जिल्ला र प्रदेश तहका भेला सम्मेलन र तयारी बैठकलाई तीव्रता दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय