काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले माओवादी फेरि एक नम्बर पार्टी नभइ देश नबन्ने बताएका छन् ।

सोमबार सर्लाही–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादीविना देशमा स्थायित्व र विकास नहुने उनले बताए ।

उनले भने, ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन । दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

साथै, अब मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउने पनि बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

यसैगरी देउवा सरकारलाई पूर्णता दिने विषयमा सोमबार पनि छलफल भएको र मंगलबार ठोस निर्णय हुने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय