
१४ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्यमा सनाखत गरेका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपाललाई ‘झेली’को संज्ञा दिँदै पार्टी छाडेका छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) राख्नुपर्ने बताए पनि अध्यक्ष नेपालले धोका दिएको आरोप लगाएका छन् ।
नेता नेपालले आफूले धोकाको उपहार लिएर पार्टीबाट विदा भएको पनि बताएका छन् ।नेता नेपालले अवस्थताकाबीच निर्वाचन आयोगमा गएर सनाखत गरेका थिए ।