१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । नयाँ दल दर्ता भएपछि आज बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो ।

यस्तै राष्ट्रियसभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन हुनुभएको छ । पदाधिकारीहरु भने पछि चयन हुने सांसद विरोध खतिवडाले जानकारी दिनुभएको छ । संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ ।

भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय