काठमाडौं भदौ १२  । नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गर्नुभएको छ । उहाँले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको बताउनु भएको छ ।

आज पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिएपनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको उल्लेख गर्नुभएको छ । उहाँले पहिलोपटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंशा पनि गर्नुभएको छ ।

समाजवादी आन्दोलनलाई अघि बढाउने कार्यमा युवाहरु जुट्नुपर्नेमा जोड दिँदै उहाँले अहिले वातावरण पनि रहेको बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय