१२ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले आधिकारिक वेबसाइड लञ्च गरेको छ । वाइसिएल नेपालले राष्ट्रिय भेलाको अवसर पारेर शनिबार वाइसिएल नेपालको आधिकारिक वेबसाइड पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लञ्च गरेका हुन् ।

युवा संगठनलाई डिजिटलमैत्री बानाउने उद्देश्यका साथ वाइसिएलले यस वेबसाइडको विकास गरेको हो । वाइसिएलका महासचिव सुबोध सेर्पालीले हाम्रो संगठन सम्बन्ध सम्पूर्ण जानकारी यस वेबसाइटमार्फत जानकारी हुने र पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका युवाले वाइसिएलको सदस्यता लिन चाहेमा अनलाइनमार्फत सहज रूपमा सदस्यता लिन सक्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय