११ भदौ, बुटवल । अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा नवलपरासीमा दुई जनाको मृत्यु भएको छ । बाढीले बगाएर एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा रामग्राम नगरपालिका-१८ बञ्जरियाका ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए । सुनवल नगरपालिका-१४ की एलिसा तामाङ बेपत्ता भएकी हुन् । घरमा बाढी पसेपछि ज्यान बचाउन निस्किँदा खेतमा डुबेर उनीहरूको मृत्यु भएको लामाले जानकारी दिए । उनीहरूको शव केही तल खेतमा फेला परेको थियो ।

तामाङको अवस्था भने अहिलेसम्म अज्ञात रहेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक कृष्ण धितालले जानकारी दिए । उनलाई पनि बाढीले बगाएको प्रहरीको अनुमान छ । रातिदेखिको भीषण वर्षाले नवलपरासी सदरमुकाम परासी बजार डुबानमा परेको छ । डुबानका कारण परासीका घर र पसलमा बाढी पस्दा लाखौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय