११ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बोलाएका छन्। देशभर अविरल बर्षापछि आएको बाढी, पहिरो र डुवानको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको गृहमन्त्री नीजि सचिव नरेन्द्र केसीले जानकारी दिए । उनकाअनुसार बैठकले विपद्पछि कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउने छ।

गृहमन्त्री खाँडको अध्यक्षतामा विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारै सुरक्षा निकायका प्रतिनिधि सहभागी हुने बताइएको छ। मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबानलगायत विभिन्न विपद् घटनाले जनधनको क्षति हुने क्रम जारी छ । तर आवश्यक सुरक्षा सतर्कता, उद्धार, उपचार, राहत वितरण र पुनर्स्थापना कार्य अगाडि बढ्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय